काठमाडाैं,२४ माघ । बालुवा उत्खनन् गरेबापत कमिसन नदिएको भन्दै एक युवकले वृद्ध कुटपिट गरी घाइते बनाएका छन् । कोसीपारी भुम्लु गाउँपालिका–८ बगरका ५६ वर्षीय बिष्णुबहादुर माझीलाई दोललाघाटका ‘बिर्खने’ भनिने नवराज श्रेष्ठले कुटपिट गरेको गरी घाइते बनाएका छन् ।

पीडक श्रेष्ठले बालुवा उत्खनन् गरेबापत कमिसन मागेको र उत्खनन् गरेको बालुवा सस्तो दरमा दिनका लागि पीडित माझीलाई भनेका थिए । तर, अस्वीकार गरेपछि घरेलु हतियार देखाउँदै कुटपिट गरेको पीडित माझीले बताए । प्रति ट्रिफरको मूल्य ८ हजार तोकिएको र ५ हजारमा किन्न माग्दा नदिएपछि कुटिएको पीडित माझीको आरोप छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । माझीको शरीर र टाउँमा चोट लागेको छ ।

सोही बगरमा माझी समुदायको पुख्र्याैली पेशा नै बालुवा उत्खनन् हो । घाइते माझीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पीडकलाई कारबाही तथा उपचारको माग गर्दै उजुरी दिएका छन् ।

बालुवा तस्करको समूहले त्यस भेगमा रहेका माझीहरुलाई लामो समयदेखि थर्काउने तथा धम्की दिने गरिरहेको पीडित माझीहरूको भनाइ छ । भुम्लु गाउँपालिका–८ का वडा अध्यक्ष मोतिलाल तामाङले प्रति ट्रिफर बराबर ८ हजारका दरले बेच्न पाउँने वडा कार्यालयको निर्णय रहेको बताए ।

कुटपिटमा संलग्न रहेको बिर्खे भनिने श्रेष्ठले आफूले नपिटेको दाबी गरे । उनले वृद्ध माझीप्रति आरोप लगाउँदै भने,‘उल्टै मलाई बुढाका केटाहरुले कुटपिट गरेको छन् । बुढा घाइते भएको नाटक गरेर अस्पतालमा भर्ना भएका हुन् ।’नयाँ पत्रिकामा खबर छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापाले यस विषयमा छानबिन भइरहेको बताए । वृद्ध माझीलाई कुटपिट गरेको आरोपमा श्रेष्ठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया