काठमाडााैं, २४ माघ । आधा बोतल डबल ब्ल्याक, तीन थान वाइन ग्लास (रेड वाइन र ह्वीस्कीको गन्ध आउने), एक थान पेन्टी, प्रयोग गरिएको पाँच थान कण्डम अहिले चर्चामा रहेको दरबारमार्ग बलात्कार काण्ड पछि प्रहरीले घटनास्थल(होटल ल्याण्डमार्क)बाट बरामद गरेको सबुत प्रमाणको सूची हो यो ।

समाचारमा लेखिएको छ, प्रहरीले उनैको नाममा किटानी जाहेरी दर्ता गराएको छैन । थाहा छैन, आरोपीहरु पक्राउ परेपछि प्रहरीका सबुतका रुपमा रक्सीका बोत्तल र कण्डमका पोका बोकेर अदालत जान्छ कि जाँदैन ।

तर, प्रहरीसँग युवती बलात्कृत भइन् भन्ने माथिका सबुतबाहेक केनै प्रमाण छैन । घटनालाई बलात्कार भनेर तर्साउने, त्यो नाममा आर्थिक लेनदेन गर्ने र सामसुम पार्ने यही गलत नियतका कारण अहिले प्रहरीमात्र हैन, युवती र उनका पुरुष साथीहरु पनि भागाभाग छन् ।

आर्थिक लेनदेन र यौन सम्बन्ध कैलालीको चौधरीकी छोरी र रामेछापका शैलेशबीच विगत ६ महिनादेखि चिनजान हो । न उनीहरु नाता पर्थे, न काम एउटै न भेटिने कुनै स्वभाविक कारण । तर, यसबीच उनीहरुको सम्बन्ध अरु कुनै कारणले होइन, आर्थिक लेनदेनसहितको नियमित यौन सम्बन्धले जोडिरहेको थियो ।

युवतीले दरबारमार्ग प्रहरीलाई केही दिनअघि दिएको बयानमा भनेकी छन्, उसले मलाई पैसा दिन्थ्यो । म पैसाका लागि उसँग नजिक थिएँ । धेरैजसो हामी बसुन्धारा, महाराजगञ्जका होटलमा जान्थ्यौं । सँगै खान्थ्यौं, सँगै सुत्थ्यौं । यसरी सँगै खाने, सँगै सुत्ने सिलसिलामै माघ ७ गते दरबारमार्ग पुगेका थिए ।

युवतीको म्यासेज प्रहरीले अनुसन्धान क्रममा निकालेको कल डिटेल्सका आधारमा त्यस दिन दिउँसो युवतीको नम्बरबाट शैलेशलाई म्यासेज गएको छ, आज … मन लाग्यो ।

संयोगले त्यही दिन भारतको चेन्नईमा अशोक लेल्याण्ड अटो मोबाइलको आयोजना गरेको एक्स्पोमा सहभागी हुन हेटौंडाबाट दीपक श्रेष्ठहरु काठमाडौं आइपुगेका थिए । शैलेश, दीपक, विकास गौतम, रवि पौडेल यतिजना भएर सँगै चेन्नईका लागि भोलिपल्ट उड्ने तयारी थियो । त्यसदिन दीपकले दरबारमार्ग आइपुगेपछि शैलेशलाई फोन गरेका छन् । युवतीले मन लाग्यो भनेको कही समयपछि दीपकले युवतीसँग पुरानो ठाउँमा नभएर दरबारमार्गमा भेट्ने बताए ।

हेटलमा के भयो ? उही सल्लाहअनुसार दीपकलाई पाँच वटा कोठा बुक गर्न भनेका थिए, शैलेशले । किनभने, दीपकहरुको चाहना थियो, एक एकजना युवतीसँग त्यस रात बस्ने । र, होटलमा पाँचै कोठा उनको नाममा बुक भयो । त्यसको पैसा शैलेशले तिर्ने भनेका थिए । साँझ होटलमा चार युवती र पाँच युवक थिए । मदिरा बाहीरबाटै लगेका थिए, शैलेशले । उनीसँग प्राय भेट हुने युवती (चौधरी) वाइन पिउने गर्थिन् । स्न्याक्स चाहिँ ल्याण्डमार्ककै रेष्टुरेन्टबाट मगाइयो । र, त्यहीँको बारबाट युवतीहरुले पिउन चाहेको वाइन पेगका हिसाबले अर्डर भयो ।

युवतीहरुलाई कक्टेल केटाहरुले बदमासी के गरे भने, डबल ब्ल्याक खोले, युवतीहरुलाई वाइन पनि मगाइदिए । तर, आफूहरुले डबल ब्ल्याक चुस्स चुस्स खाएजस्तो मात्रै गरे । युवतीहरुलाई चाहिँ वाइनमा डबल ब्ल्याक कक्टेल गराइदिए । सबभन्दा धेरै मात्नेमा उनै युवती थिइन् । अरु तीन युवती पनि उनै चौधरीको सम्पर्कबाट त्यहाँ पुगेका थिए । होटलको सिसिटिभी फुटेजमा देखिएअनुसार ९ बजेको आसपास तीन युवती खाई पिई सिध्याएर निस्किएका छन् । तर, चौधरी भित्रै थिइन् ।

मदिराको तालमा उनले प्रहरीलाई बताए अनुसार तीन युवक र तीन युवतीबीच खानपिनलगत्तै यौन सम्पर्क भयो । त्यसपछि उनीहरु बाटो लागे । तर, आफूचाहिँ शैलेशका लागि गएकोमा उसले अर्को केटासँग पनि जा भनेपछि आपत्ति जनाइन् । मदिराको तालमा होटलबाट निस्किइन् ।

मेडिकल रिपोर्टले के भन्छ ? दरबारमार्गको प्रहरी कार्यालय देखिनन् र कमलपोखरी पुगिन् । कमलपोखरीका प्रहरीले दरबारमार्ग वृत्त देखाइदिए । उनले त्यहीँ भनेकी हुन् म बलात्कृत भएँ । प्रहरीले स्वास्थ्य परीक्षण गरायो । मेडिकल रिपोर्टमा यौनाङबाट वीर्य स्खलन भएको उल्लेख छ, तर बलात्कृत भएको अवस्थामा अस्वभाविक किसिमले रगत बग्ने, यौनाङ्गमा चोट र दाग देखिनेजस्ता विवरण थिएन । त्यसैले, प्रहरीले बुझ्यो यौनसम्पर्क भएको हो तर बलात्कार होइन । जनआस्था साप्ताहिकमा खबर छ ।

आर्थिक चलखेल यो घटनाभित्र बलात्कारभन्दा बढी आर्थिक चलखेल जोडिएको छ । युवतीको बैंक खातामा पहिल्यै करिब दुई लाख देखिन्छ । दरबारमार्गमा गरेलगत्तै स्रोत नखुलेको २८ लाख रुपैयाँ मौज्दात भएको छ । युवतीले किटानी जाहेरी त दिएकी छिन् । तर, अदालतमा साक्षी बकपत्र गर्ने मानिस भेटिएका छैनन् । मेडिकल रिपोर्टले बलात्कार भन्दैन । अस्वाभाविक रुपमा खातामा ओइरिएको पैसाको स्रोत देखाउन नसक्दा युवतीले पनि बलात्कृत भएकी हुँ भन्ने सम्भावा कम छ ।

तपाईको प्रतिक्रिया