काठमाडौँ, २४ माघ । गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाई युरोप छिर्न खोज्ने उनीहरूलाई ५ वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको हो ।

समाचारमा लेखिएको छ, उनीहरू पुस २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पक्राउ परेका थिए ।

पोर्चुगलको जाली राहदानीमा चीनको कुनमिङ हुँदै युरोप जाने क्रममा उनीहरू विमानस्थल अध्यागमनमा पुस १८ गते पक्राउ परेका थिए ।

विभागले उनीहरूलाई गत शुक्रबार बंगलादेश फिर्ता पठाएको छ। अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेलले जाली राहदानीमा आएका दुई बंगलादेशीलाई निष्काशन गरिएको बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया