काठमाडौं,माघ २४ : प्रदेश २ मा मुख्यमन्त्री आलोपालो गर्नुपर्ने राष्ट्रिय जनता पार्टी नेपालको प्रस्ताव संघीय समाजवादी फोरम नेपालले अस्वीकार गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रदेश सरकार निर्माणका लागि दुई दलका बीचमा जनकपुरमा भएको छलफलमा सिट बाँडफाँट हुन सकेन ।बैठकमा राजपा नेपालले प्रदेश सरकार निर्माण गर्दा मुख्यमन्त्री दुवै पार्टीले आलापालो गर्नुपर्ने प्रस्ताव गरेको थियो ।फोरमले भने मुख्यमन्त्रीमा आफ्नो एकल दाबी प्रस्तुत गरिसकेको छ ।

फोरम नेपालकी उपाध्यक्ष उवं प्रदेश २ की संयोजक रेणु यादवले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपाबाट आए पनि कुनै सहमति हुन नसकेको बताएकी छन् ।प्रदेश सरकार राजपा नेपाल र फोरम नेपालकै सहमतिमा बन्ने निश्चित भएको उनले बताइन् । उनले भनिन्,

-मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपाबाट आएको हो ।

-तर, त्यसमा सहमति हुन सकेको छैन ।

-मुख्यमन्त्री फोरम नेपालकै हुन्छ ।

-प्रदेश सरकारको नेतृत्व फोरमले नै गर्छ ।

-अरु पदमा सहमति गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया