एजेन्सी । विश्वकै शक्तिशाली देश अमेरिकाले विश्वलाई नै चुनौती दिँदै शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट उसले विश्वकै सबैभन्दा शक्तिशाली रकेट फाल्कन हेभी’ प्रक्षेपण गरेको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको हो । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् । यो रकेट प्रक्षेपण गरेपछि विश्व एकपटक फेरी तरंगीत बनेको छ ।

तपाईको प्रतिक्रिया