काठमाडौँ – मानिस जुन दिन जन्मन्छ त्यहि दिनले नै उसको वर्ष दिनको कुण्डली तयार हने विश्वास गरिन्छ । जसको कारणले जन्मदिनका दिन खराब काम गर्दा असुभ हुने मानिन्छ । यसकारण जन्मदिनमा धेरै कुरामा ध्यान दिनु पर्छ । ज्योतिष शास्त्रका अनुसार जन्म दिनका दिन कपाल वा नङ काटन हुँदैन । यो दिन कपाल काट्नाले आयुमा नकारात्मक असर पार्ने विश्वास गरिन्छ । साथै यस दिन काटमारको काम गर्नु हुँदैन ।

यदि गरियो भने जन्मदिनमै श्राप लाग्ने शास्त्रमा उल्लेख छ । जन्मदिनको दिन दान धर्ममा समय दिँदा राम्रो मानिन्छ । यस दिनमा शनिको खतरा बढ्ने हुँदा मदिरा सेवन गर्नुहुँदैन । मदिरा सेवन नगर्ने ब्यक्तिलाई शनिको दशाले नछुने शास्त्रमा उल्लेख छ ।

साथै यस दिन बाबु आमाको अपमान गर्नु हुँदैन । तातो पानीले नुहाउनु हुँदैन साथै कसैसँग पनि जन्मदिनका दिन झगडा गर्नु राम्रो मानिदैन् ।यदि गरियो भने कुण्डली वर्षभरी खराव रहने धार्मिक विश्वास छ ।

तपाईको प्रतिक्रिया