काठमाडौँ, २३ माघ – आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड भएको छ ।

आज दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको हो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०÷४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको बताउनुभयो ।

प्रमुख चन्दले ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । सोही बेला प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको छ ।

तपाईको प्रतिक्रिया