ताजा खबर:- अधिक काम पछि थकान हुनु सामान्य कुरा हो तर हरेक काम पछि थकान हुनु सामान्य होइन । कतिपय अवस्थामा अत्यधिक थकान महासूस हुनु एनिमियाको लक्षणमा समावेश हुनसक्छ । यो जरूरी हुँदैन कि यो केवल एनिमिया नै हो तर यसप्रति जागरुक रहन अति आवश्यक हुन्छ । जब तपाईको शरीरमा रक्त कोशीकाको कमी हुन्छ, यस्तो अवस्थामा शरीर निकै थकावट महसूस गर्छ । यस बारेमा चिकित्सकको भनाई अनुसार, शरीरलाई हीमोग्लोबिनको निर्माण गर्नको लागि आइरनको आवश्यकता हुन्छ र हीमोग्लोबिनले रातो रक्त कोशीकामा अक्सीजन पुर्याउन महत्वपूर्ण योगदान दिन्छ । यसको कमीले मांसपेशी तथा हड्डी कमजोर हुनसक्छ । यही कारण हो, आइरनको कमीले शरीरमा एनिमिया रोग हुनसक्छ र अत्यधिक थकान महसूस हुनु यसको प्रमुख कारणमा समावेश हुन्छ । यसको साथै एनिमियाको अन्य केही लक्षण छन्, जसको सहायताले यसलाई सजिलै पहिचान गर्न सकिन्छ ।

१-सिढी चढ्ने क्रममा या जिममा नियमित कसरत गर्ने समयमा श्वास फुल्नु एनिमियाको संकेत हुनसक्छ ।

२-त्वचाको रंग पहेँलो हुनु पनि एनिमियाको एक संकेत हो, यसलाई वेवास्ता गर्ने गल्ती गर्नुहुँदैन । चिकित्सकका अनुसार शरीरमा रक्त प्रवाहमा कमी या रातो रक्त कोशीकाको कमीको कारण त्वचा पहेँलो हुनसक्छ ।

३-यदि तपाई संवेदनशीलतामा वृद्धि र सहनशक्तिमा कमी महसूस गरिरहनु भएको छ भने यो समेत एनिमियाको एक लक्षण हुनसक्छ । यसको मुख्य कारण शरीरमा आइरनको स्तर कम हुनु हो र यसले रोग प्रतिरोधक क्षमतालाई नकारात्मक रूपमा प्रभावित गर्छ ।

४-यदि तपाई पहिलेको तुलनामा आफ्नो एकाग्रतामा कमी महसूस गर्नुहुन्छ या कुनै चीजमा ध्यान केन्द्रित गर्न कठिनाई हुन्छ भने यो पनि एनिमियाको लक्षण हो ।

५-शरीरमा भिटामिन डी को कमीले एनिमियाको खतरा हुन्छ । भिटामिन डी को कमीको कारण इम्यून इन्फ्लोमेशनको समस्या उत्पन्न हुनसक्छ । साथै यसको कमी हड्डीलाई पनि नोक्सान पुर्याउने क्षमता राख्छ ।

तपाईको प्रतिक्रिया