ताजा खबर:- सायद तपाईलाई लाग्न सक्छ कि महिलाहरू मात्र गोरो हुनका लागि पागल हुन्छन् । तर वर्तमान जीवनशैलीको कारण पुरुषहरूमा पनि गोरो हुने होडबाजी चलिरहेको छ । जुन किसिमले महिलाहरूको लागि मार्केटमा राम्रो भन्दा राम्रो सौन्दर्य प्रसाधन उपलब्ध छन् ठिक त्यसैगरि पुरुषको लागि पनि रंग गोरो बनाउने क्रीम र जेल मार्केटमा उपलब्ध छ । दुई दिनमा अनुहारलाई गोरो बनाउने बेस्ट तरिकालाई पुरुष कहिले पनि आफ्नो त्वचाप्रति त्यति ध्यान दिँदैनन् जति महिलाहरू दिन्छन् । उनीहरूको त्वचा निकै रफ हुन्छ । उनीहरू दिनभर धूलो, माटो र प्रदुषणमा दिन बिताउँछन् । यस्तो अवस्थामा त्वचाको रंग कालो पर्न थाल्छ र उनीहरूको अनुहारको लूक खराब हुन शुरु हुन्छ ।

१-बेसन र दही

बेसन र दही मिलाएर लगाउँदा अनुहारको चमक तुरुन्त बढ्छ र अनुहार सफा हुन्छ ।

२-कागतीको साथ मह

यो संवेदनशील त्वचाको लागि राम्रो हुन्छ । यसलाई लगाउँदा केही हप्ता पछि त्वचामा निखार आउन थाल्छ ।

३-बदाम, चन्दन, नीमको पाता र बेसार

दूधको साथ लेप बनाएर लगाउनुहोस् र १५ मिनेटको लागि छोड्नुहोस् । यसपछि मनतातो पानीले धुनुहोस्, जसले त्वचाको रंगमा निखार आउँछ ।

४-जैतुनको तेल र आर्गन तेल

यस तेलले मालिश गर्दा त्वचाको चमक बढ्छ । अनुहार गोरो हुन्छ र त्वचामा स्वस्थ चमक आउँछ ।

५-कागतीको रस

कागतीको रस त्वचामा रगड्दा तेल एवम् फोहोर राम्रो तरिकाले सफा हुन्छ । कागतीको रसमा साइट्रीक एसिड हुन्छ, जसले त्वचालाई राम्रो सँग ब्लीच गर्छ । यदि तपाईको अनुहारमा कालो दाग-धब्बा रहेको छ भने केही दिन कागतीको रस रगड्नुहोस्, जसले दाग-धब्बा हल्का बनाउँछ ।

६-काक्राको रस

त्वचाको टोन हल्का गर्नको लागि काक्राको रस अत्यन्त उपयोगी हुन्छ । तपाई आफ्नो अनुहारमा काक्रा रगडेर २० मिनेट सम्म लगाएर राख्नुहोस् ।

७-एलेभोरा

एलोभेराको जेल एन्टी-अक्सीडेन्टको एक राम्रो स्रोत हुन्छ, जसले त्वचालाई मर्मत गर्छ । साथै यो एक राम्रो मोइश्चराइजर पनि हुन्छ ।

८-बेसार र दूध

एक कचौरामा काँचो दूध लिएर थोरै बेसार मिक्स गर्नुहोस् । अब यस दूधलाई अनुहारमा लगाउनुहोस् र १०-२० मिनेट सम्म राख्नुहोस् । यसपछि चिसो पानीले धुनुहोस् ।

९-खाने सोडाको उपयोग

बेकिंग सोडामा पानी मिलाएर पेस्ट तयार गर्नुहोस् र दुई-तीन थोपा हाइड्रोजन पेरोक्साइड या सिरका मिलाएर त्वचालाई राम्रो सँग रगड्दा त्वचा सफा हुन्छ ।

१०-चिनी र कागती

चिनीलाई कागतीको रसमा मिलाएर हल्का हातले अनुहारमा रगड्नुहोस् । यसबाट मृत त्वचा हट्छ र फोहोर बाहिर निस्किन्छ ।

११-मह

महको केही थोपालाई कागती र थोरै दहीको साथमा मिक्स गरी अनुहार लगाउनुहोस् । १५ मिनेट पछि यसलाई सफा गर्नुहोस् । यसबाट अनुहार गोरो हुन्छ र फोहोर पनि सफा हुन्छ ।

१२-टमाटर र कगाती

टमाटरको पल्पलाई लगाउँदा तुरुन्त फरक देखिन्छ । यसलाई थोरै कागतीको रसको साथ प्रयोग गर्नुहोस् । यो संवेदनशील त्वचाको लागि उपयोगी हुन्छ ।

१३-चन्दन

गोरो रंग प्रदान गर्नुको साथै एलर्जी र डन्डीफोरको समस्याबाट पनि छुट्कारा दिलाउँछ । यो पेस्ट तयार गर्नका लागि चन्दनको पाउडरमा १ चम्मच कागती र टमाटरको रस मिलाउनुहोस् । पेस्टलाई अनुहार र घाँटीमा राम्रो सँग लगाउनुहोस् ।

तपाईको प्रतिक्रिया