ताजा खबर:- घाँटी महिलाहरूको शरीरमा सबैभन्दा आकर्षक शरीरको भाग एक हो । तर घाँटीमा चाउरीपना पर्न थालेमा सुन्दरतामा कमी आउन थाल्छ । घाँटीमा बढ्दो उमेरको प्रभाव चाँडो देखिन्छ । अनुहार जस्तै घाँटी पनि धूलो, माटो र धुवाँको चपेटमा आउँछ ।

यसबाट घाँटीमा चाउरीपना पर्न थाल्छ र यसले त्वचालाई हानि पुर्याउँछ । यसकारण आफ्नो स्वस्थ्यप्रति उचित ख्याल राख्नुपर्दछ । जसबाट केवल अनुहार मात्र नभई चाउरीपनाबाट पनि छुटकारा मिल्छ । यसकारण आज हामी घाँटीको चाउरीपना हटाउने प्राकृतिक मास्कको बारेमा चर्चा गर्दैछौँ, जुन तपाईको लागि अत्यन्त उपयोगी सावित हुनसक्छ ।

घाँटीमा चाउरीपना हुनुको कारण:-

-डिहाइड्रेशन

-नरमपनको कमी

-स्‍मोकिंग

-प्रदूषण

-खराब डाइट

-घाममा बढी हिडडूल गर्नु

-अस्‍वस्‍थ लाइफस्‍टाइल

ओलिभ ओयल र मेवा

ओलिभ ओयलमा एन्टी-अक्सीडेन्ट र भिटामिन ई र ए ले भरिपूर्ण हुनुको कारण त्वचालाई हानिकारक फ्री रेडिकल्सबाट सुरक्षा प्रदान गर्छ ।

प्रयोग गर्ने तरिका- एक चम्मच ओलिभ ओयललाई आधा चम्मच आर्गेनिक मह र मेवाको गुदीको साथ मिलाएर यस मिश्रणले घाँटीको त्वचामा माथिल्लो दिशातर्फ मसाज गर्नुहोस् ।

एलोभेरा र भिटामिन ई ओयल

एलेभेरामा मेलिक एसिड हुन्छ, जसले चाउरीपना घटाउन मद्दत गर्छ । भिटामिन ई मा अनुहारलाई जवान बनाई राख्ने शक्ति रहेको हुन्छ । यी दुवैको मिश्रण तयार गरी अनुहारमा २० मिनेट सम्म रहन दिनुहोस् र त्यसपछि धुनुहोस् ।

सुगर र हनी स्क्रब

हप्तामा एक पटक सुगर र हनीको स्क्रब बनाएर अनुहारको वरिपरी लगाउनुहोस् । यसो गर्दा अनुहार हाइड्रेट रहन्छ । यस विधिलाई घरमै तयार गरी अनुहारमा घाँटीको वरिपरी लगाउनुहोस् । यसबाट त्वचा मुलायम हुनुको साथै हाइड्रेट पनि रहन्छ ।

मेथीको मास्क

मेथीको दानालाई पानीमा उमालेर यसलाई चिसो हुन दिनुहोस् र अनुहार सफा गर्नुहोस् । या मेथीको हरेक पातलाई राम्रो सँग पिसेर पेस्ट तयार गर्नुहोस् र यसलाई अनुहारमा १५ मिनेट सम्म लगाएर सुक्न दिनुहोस् । यसपछि अनुहारलाई पानीले धुनुहोस् । एक हप्ताको अन्तरालमा त्वचा कसिलो देखिन थाल्छ ।

अण्डाको सेतो भागको मास्क

घाँटीको चाउरीपनालाई हटाउनका लागि अण्डाको सेतो भागको प्याक पनि निकै फाइदाजनक सावित हुन्छ । अण्डामा रहेको प्रोटीनबाट अनुहारलाई प्रोटीन प्राप्त हुन्छ, जसबाट चाउरीपना हट्छ ।

प्रयोग गर्ने तरिका- एक अण्डालाई लिएर सेतो भाग निकाल्नुहोस् । अब यस अण्डाको सेतो भागमा एक चम्मच बदामको तेल मिलाउनुहोस् । यसलाई तबसम्म फिट्नुहोस् जबसम्म यस मिश्रणको कुनै एक रंग हुँदैन । अब यसलाई गालाको त्यस स्थानमा लगाउनुहोस्, जहाँ चाउरीपना देखिन्छ ।

केराको मास्क

केरामा ज्यादै अधिक मात्रामा भिटामिन, मिनरल र एन्टी-अक्सीडेन्ट हुन्छ, जसले त्वचाको कोलेजनको उत्पादन बढाउँछ ।

प्रयोग गर्ने तरिका- यसको लागि १ पाकेको केरा लिनुहोस् र यसलाई राम्रो सँग मुछ्नुहोस् । अब यसमा १ चम्मच मह र १० थोपा जैतुनको तेल मिलाएर राम्रो सँग मिक्स गर्नुहोस् । यस केराको मास्कलाई अनुहार र घाँटीमा लगाएर १५ मिनेटको लागि छोड्नुहोस् र सादा पानीले धुनुहोस् । यस्तो हप्तामा २ पटक गर्दा घाँटीको चाउरीपना कम हुन्छ ।

नरिवलको तेल

घाँटीको वरिपरी नरिवलको तेल लगाउँदा कसिलोपन बढ्छ । यसमा पाईने एन्टी-अक्सीडेन्ट गुण घाँटीको वरिपरीको मसल्समा ब्लड सर्कुलेट गरी नयाँ त्वचा बनाउँछ र मृत एवम् रुखो त्वचाको साटो नयाँ त्वचा बनाउँछ ।

बदामको तेल

बदामको तेलमा भिटामिन ई हुन्छ, जसले त्वचाको भित्र पोषण पुर्याउँछ । यस तेलले घाँटीको मसाज गर्नुहोस्, जसले चाउरीपनाको समस्या ठिक पार्छ ।

तपाईको प्रतिक्रिया