ताजा खबर:- आजको समयमा क्यान्सर एक सामान्य रोग भैसकेको छ । क्यान्सर एक लाइलाज रोग होइन तरपनि अत्यन्त कठिन र पिडादायक रोग हो । केही विशेष प्रकारको क्यान्सरलाई छोडेर यसको उपचार सम्भव हुन्छ । क्यान्सर शरीरमा बिस्तारै-बिस्तारै फैलिएर पूरा शरीरलाई आफ्नो अधिन लिन्छ । यस किसिमको क्यान्सरमा उपचार गर्न अत्यन्त कठिन हुन्छ र प्रायजसो दुर्भाग्यवश रोगीको मृत्यु समेत हुन्छ । कहिले पनि शरीरमा हुने दुखाई, कुनै पनि प्रकारको लक्षण जसले यस रोगतर्फ संकेत गर्छ भने यसलाई वेवास्ता गर्नुहुँदैन र चिकित्सकको सल्लाह लिनुपर्दछ । यहाँ आज हामी १० यस्ता सङ्केतको बारेमा चर्चा गर्दैछौँ, जसबाट तपाई शरुवाती अवस्थामै क्यान्सर जस्ता घातक रोग पत्ता लगाउन सक्नुहुन्छ ।

१-अत्यधिक कमजोरी महसूस हुनु- अधिकांश अवस्थामा अधिक काम गर्दा शरीर थाक्ने गर्दछ तर बिनाकारण सधैँ थकान र कमजोरी महसूस हुनु क्यान्सरको संकेत हुनसक्छ, जसलाई वेवास्ता गर्नुहुँदैन ।

२-पेटको तल्लो भागमा दुखाई हुनु- प्रायजसो पेटको तल्लो भागमा दुखाई हुनु पनि क्यान्सरको एक संकेत हो । यो ओभेरियन क्यान्सरको शुरुवाती लक्षण हो ।

३-कुनै चीजलाई निल्न कठिनाई हुनु- जब तपाई कुनै चीजलाई निल्नुहुन्छ भने तपाईलाई कुनै किसिमको समस्या हुनु हुँदैन । यदि यस्तो हुन्छ भने यो घाँटीको क्यान्सर(थ्रोट क्यान्सर)को पनि लक्षण हुनसक्छ ।

४-चिन्ता हुनु या पसिनाको कमी- बिनाकारण चिन्ता र पसिनाको कमी हुनु पनि फोक्सोको क्यान्सरको लक्षण हुनसक्छ ।

५-अचानक वजन कम हुनु या तीव्र वजन बढ्नु- यो दुवै पनि क्यान्सरको लक्षण मानिन्छ । यसकारण कुनै पनि साना परिवर्तन जो शरीरमा सधैँ हुन्छ भने यसलाई भूलेर पनि वेवास्ता गर्नुहुँदैन ।

६-पटक-पटक ज्वरो आउनु- क्यान्सर शरीरको रोग प्रतिरोधक क्षमतामा प्रभाव पार्छ । शरीर कमजोर हुनथाल्छ र पटक-पटक ज्वरो आउँछ ।

७-त्वचामा परिवर्तन हुनु- यदि पटक-पटक त्वचामा परिवर्तन हुनु, जस्तै चिलाउने, रातो दाग-धब्बा, अनुहार पहेँलो हुनु आदि । यस किसिमको लक्षणमा स्किन क्यान्सरको खतरा रहन्छ ।

८-दुखाई हुनु- क्यान्सर रोगमा यो सामान्य समस्या हो । यसमा शरीरको कुनै भागमा अत्यधिक दुखाई महसूस हुने समस्या तब हुन्छ जब क्यान्सर शरीरमा पूरा फैलिएको हुन्छ ।

९-स्तनमा गाँठो हुनु- यदि स्तनलाई छुँदा कुनै गाँठो महसूस भएमा यो क्यान्सरको लक्षण पनि हुनसक्छ ।

१०-मलाशयबाट रगत आउनु- यो पनि क्यान्सरको एक लक्षण हो । यस किसिमको कुनै पनि लक्षणलाई वेवास्ता गर्नुहुँदैन र तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।

तपाईको प्रतिक्रिया