ताजा खबर:- लिभरले हाम्रो शरीरमा लगभग ५०० क्रियालाई संचालित गर्छ । यसमा पाचनको लागि पाचक रसको प्रोडक्सन, भिटामिन्सको भण्डार, हार्मोन्सलाई नियमित राख्न र रक्त शुद्ध गर्ने जस्ता चीज समावेश छन् । कतिपय अवस्थामा प्रदुषण, खराब भोजन र पानीको कारणले लिभरमा विषाक्त तत्व एकत्रित हुन्छ । यसबाट लिभरमा दवाव बढ्छ र शरीरमा अक्सीजनको आपूर्तिमा पनि कमी आउँछ । यस्तो अवस्थामा लिभरलाई डिटोक्स गर्न निकै जरूरी हुन्छ । आज हामी केही यस्ता लक्षणहरूको बारेमा बताउँदैछौँ, जसले यो संकेत दिन्छ कि लिभरमा विषाक्त तत्वको मात्रा बढी भएको छ र यसलाई डिटोक्स गर्न अति आवश्यक हुन्छ ।

अत्यधिक पसिना आउनु- अत्यधिक मात्रामा पसिना आउनु पनि लिभरमा टोक्सिन्सको मात्रा बढ्नुको एक लक्षण हो । यसको साथै शरीर र श्वासबाट दुर्गन्ध आउने लक्षण पनि देखापर्छ । शरीरमा बढी मात्रामा टोक्सिन्स जम्मा हुनुको कारण जिब्रो सेतो हुन्छ ।

मुड स्विंग्स- शरीरमा बन्ने विषाक्त तत्व दिमाग र मुडलाई प्रभावित गर्छ । यस्तो अवस्थामा मूड स्विंग्स, रिस र अस्थिर मन आदि लक्षण देखिन थाल्छ । यो एक संकेतको रूपमा हो, जसले लिभर डिटोक्स गर्न आवश्यक रहेको बताउँछ ।

थकान- निकै बढी थकान महसूस गर्नु पनि यस कुराको संकेत गर्दछ कि तपाईको लिभर पूर्ण रूपमा स्वस्थ छैन । जब लिभरमा अतिरिक्त दवाव बढ्छ तब सधैँ थकान महसूस हुन्छ । यस्तो अवस्थामा लिभर डिटोक्स गर्न आवश्यक हुन्छ ।

पाचन सम्बन्धि समस्या- यदि लिभरले ठिक तरिकाले काम गर्दैन भने तपाईलाई कब्जियत, छाती पोल्ने, एसिडिटी र डायरिया जस्ता समस्या देखापर्छ । लिभर भोजनको पाचनमा महत्वपूर्ण भूमिका निभाउँछ । यस्तो अवस्थामा यदि तपाई पाचन सम्बन्धि कुनै समस्याले ग्रसित हुनुहुन्छ भने यसको अर्थ हुन्छ कि तपाईले आफ्नो लिभर डिटोक्स गर्न आवश्यक छ ।

उल्टी- उल्टी पनि लिभरमा टोक्सिन्स बढी हुने लक्षण हो । अधिक मात्रामा ग्यास्ट्रिक, पेटमा दुखाई आदि लिभरमा समस्याको कारण हुन्छ ।

कसरी डिटोक्स गर्ने?

लिभरलाई डिटोक्स गर्नको लागि सबैभन्दा पहिले तपाईले एल्कोहलको सेवन कम या बन्द गर्नुपर्दछ । बढी मात्रामा जाँडरक्सीको सेवनले लिभरमा अतिरिक्त दवाव बढ्छ । लिभरलाई स्वस्थ राख्नको लागि एन्टीअक्सीडेन्टले भरिपूर्ण फल र सब्जी खान आवश्यक हुन्छ । हर्बल टी र ग्रीन टी पनि लिभरलाई डिटोक्स गर्न मद्दत गर्छ । नियमित व्यायाम, योगा र वर्कआउट पनि लिभर स्वस्थ बनाई राख्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया