नेपालगन्ज २१ माघ । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको ११ औं दिन आईतबार महोत्सव संगितमय भएको छ । पहिलोपटक नेपालगन्ज आएका चर्चित गायकद्धय राजेश पाईल राई र खुमन अधिकारीले महोत्सवमा भरपुर साँगितीक खुराक पस्कीएका छन । आधुनिक गायनका सम्राट समेत मानिने राई र लोकदोहोरीका चर्चित गायक खुमन अधिकारी पहिलो पटक नेपालगन्ज आउने खबरसँगै उनिहरुलाई हेर्न हजारौं सँख्यामा दर्शकहरु महोत्सवमा आएका थिए । आयोजकको विशेष आग्रहमा महोत्सवमा सहभागी नेपालगन्ज आएका राईले चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पारेकका थिए ।

उनले आफ्ना नयाँ तथा पुराना १ दर्जन बढि गितहरु गाएका थिए । दर्र्शन नमस्ते सिरिजबाट नेपाली मनमस्तीष्कमा बस्न सफल गायक राईले गितमार्फत महोत्सवमा आएका दर्शकहरुलाई मोहनी लगाएका थिए । त्यसैगरी अर्का चर्चित गायक खुमन अधिकारीले महोत्सव हर्ने आएका दर्शकहरुलाई नचाएका थिए । अधिकारीले दर्शक दिर्घा मै पुगेर गित गाएपछि दर्शकहरु समेत खुलेर नाचेका थिए । अधिकारीलाई चर्चित गायिका भावना गिरीले दोहोरीमा साथ दिएकी थिईन । आयोजकको विशेष आग्रहमा गिरीले थप एक दिन महोत्सवमा आप्mनो प्रस्तुती दिएकी थिईन । नाचेर थाकेका दर्शकहरुलाई पछिल्लो समयका चर्चित हाँस्य कलाकार दिनेश काप्mलेले हँसायका थिए । पछिल्लो समयसामयीक विषयवस्तुमाथी चोटिलो प्रहार गरेका काप्mलेले पेट मिचिमिचि हाँस्न बाध्य पारेका थिए ।

तपाईको प्रतिक्रिया