ताजा खबर:- अधिकांश मानिसहरू वर्तमान व्यस्त जीवनशैलीमा बढ्दो वजनप्रति ज्यादै चिन्तित रहन्छन् । मोटोपन एक सामान्य समस्या हो तरपनि केही यस्ता मानिसहरू हाम्रो बीच हुन्छन्, जसका लागि वजन बढाउनु नै एक ठूलो चुनौती हुन्छ । अधिक पातलो देखिने मानिसहरूले राम्रो पहिरन लगाउँदा पनि सुहाउँदैन र यसकारण कतिपय अवस्थामा उनीहरू पार्टीमा हाँसोको पात्र समेत बन्ने गर्दछन् । यी मानिसहरूका लागि वजन बढाउने केही यस्ता उपाय उल्लेख गरिएको छ, जसले पातलो मानिसलाई स्वस्थ राख्नुको साथै वजन बढाउन मद्दत गर्छ ।

वजन बढाउनु एक समीकरणमा निर्भर गर्छ कि तपाई कति क्यालोरी इन्टेक गर्नुहुन्छ र कति क्यालोरी पूरा दिनमा खर्च गर्नुहुन्छ । वजन बढाउनुको अर्थ यो होइन कि तपाई अनावश्यक खाना खान शुरु गर्नुहोस् र आफ्नो शरीरको विभिन्न अंगलाई ती जंक फूड या बोसोयुक्त खानाले नोक्सान पुगोस् । यस्ता छन् केही उपाय-

नट्स भोजनमा नट्सको मात्रा बढाउनुहोस् । ध्यान राख्नुहोस् कि नट्स र सीड्स यस्ता खाद्य पदार्थ हो, जसमा विभिन्न प्रकारको पोषक तत्व जस्तै:- खनिज, भिटामिन, आइरन, म्याग्नेशियम, क्याल्शियम इत्यादि प्रचुर मात्रामा पाईन्छ । साथै बोसोयुक्त हुनुको कारण यसले शरीरमा बोसोको मात्रा बढाउँछ ।

जंक फूड र फास्ट फूड- जंक फूड र फास्ट फूडको सेवनले अनावश्यक बोसोलाई शरीरमा बढाउनुको साथै यसले कयौँ प्रकारको मुटु रोगहरू र अन्य प्रकारको घातक रोगहरूको पनि कारण बन्छ । यसकारण यसबाट टाढा रहनुपर्दछ ।

क्यालोरी- तपाईको शरीरमा क्यालोरी इन्टेक र क्यालोरीको उपयोग बीचको अन्तर शरीरको वजनमा वृद्धि गर्छ । यसकारण आफ्नो क्यालोरी इन्टेक र उपयोगमा ध्यान राख्नुहोस् ।

खानाको आवृति बढाउनुहोस्- दुई या ३ घण्टामा थोरै-थोरै खानुहोस्, जसबाट तपाईको मेटाबोलिज्म नियमित रहन मद्दत मिल्छ र समय-समयमा तपाईको क्यालोरी आवश्यकतालाई पूर्ति हुन्छ ।

दूध- भोजनमा दूधको समावेश गर्नुहोस् । दूधको साथ फलको सेवन गर्दा शरीरलाई पोषक तत्व मिल्नुको साथै यसबाट शरीरमा बोसोको मात्रा पनि बढ्छ ।

व्यायाम- व्यायाम गर्नु हरेक व्यक्तिको लागि निकै जरूरी हुन्छ । विशेषगरि त्यो व्यक्तिका लागि आवश्यक हुन्छ, जसले वजन बढाउने कोशिश गरिरहेका छन् किनकी मांशपेशीबाट जति अधिक कार्य लिने गरिन्छ, त्यो उति नै अधिक विकसित हुन्छ । यसबाट तपाईको वजनमा वृद्धि हुन्छ ।

आराम गर्नुहोस्- आराम गर्नु शरीरको लागि निकै जरूरी हुन्छ किनकी आराम गर्ने क्रममा या निन्द्रा लिने अवधिमा शरीरको कोशिकाहरूको पर्याप्त मर्मत हुन्छ र यस अवधिमा तपाईको शरीरले शरीरमा हुने क्षतिलाई मर्मत गर्ने प्रयास गर्छ । यसकारण वजन बढाउने व्यक्तिको लागि प्रयाप्त रूपमा कार्डियक र मांसपेशी सम्बन्धि व्यायाम गरिरहन अत्यन्त आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया