ताजा खबर:- केही प्रभावी र प्रचलित घरेलू उपायको प्रयोगले शरीर स्वस्थ रहनुको साथै चिकित्सकको चक्कर लगाउनबाट पनि बँच्न सकिन्छ । जीराको नियमित सेवनले कयौँ प्रकारको रोगहरूबाट बँच्न सकिन्छ । विशेषगरि बिहानको समय जीरा पानी पिउँदा विभिन्न प्रकारको लाभ मिल्छ । यहाँ हरेक दिन बिहान खाली पेट जीराको पानी पिउनुको फाइदा उल्लेख गरिएको छ, जसले यी ५ रोगहरूबाट छुटकारा दिलाउँछ ।

पेटको लागि उपयोगी- प्राचिन कालदेखि जीरालाई हाम्रो भोजनमा मसलाको रूपमा प्रयोग गरिने एक उपयोगी परम्परा हो । बिहानको समय जीराको पानी पिउँदा पाचन तन्त्रलाई भोजन पचाउन निकै अधिक सहायता मिल्छ । यसमा उपलब्ध पाचक पदार्थ भोजन पचाउन सहायक हुन्छ ।

प्रतिरोधक क्षमता बढाउँछ- बदलिँदो मौसमको साथै कतिपय मानिसलाई रुघाखोकीको समस्याले पिडित बनाउने गर्दछ । यसको कारण उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर हुनु हो । यदि तपाई जीराको सेवन नियमित रूपमा गर्नुहुन्छ भने यसमा उपलब्ध भिटामिन सी, एन्टीअक्सीडेन्ट तत्व तथा खनिज इत्यादिको कारण इम्यूनिटी निकै अधिक राम्रो हुन्छ ।

ग्यास्ट्रिक र कब्जियत- प्रायजसो खाना खाइसकेपछि पेट फुल्लिनु, पेटमा अत्यधिक ग्यास्ट्रिक बन्ने कारण हुन्छ । यस्तो अवस्थामा जीरा पानीको सेवनले पेटमा कुनै पनि किसिमको कब्जियत हुँदैन ।

थकावट र निन्द्रा नलाग्नु- यदि तपाईलाई थकावटको समस्या छ र प्रायजसो चाँडो निन्द्रा लाग्दैन भने जीरा पानीको सेवनले सुत्ने र उठ्ने समयको नियमितता कायम राख्न सहायता गर्छ । केही यस्ता अनुसन्धान भएका छन्, जसबाट पत्ता लाग्छ कि जीरा पानीको सेवनले निन्द्रालाई सकारात्मक रूपमा प्रभावित गर्छ ।

मोटोपन कम गर्न उपयोगी- जीरा पानी हरेक दिन बिहान पिउँदा मोटोपनमा तीव्र रूपमा कमी आउँछ । जो मानिसहरू मोटोपनको समस्यामा छन्, उनीहरूले जीरा पानी बिहानको समय नियमित रूपमा सेवन गर्नुपर्दछ । यसले शरीरको बोसो घटाउन सहायता गर्छ, जसबाट केही दिनमै वजन घट्न थाल्छ ।

गर्भवती महिलाहरूको लागि लाभकारी- नियमित रूपमा जीरा पानीको सेवन गर्नु गर्भवती महिलाहरूको लागि पनि लाभकारी हुन्छ । यसले गर्भवती महिलाहरूको दूध बढाउन सहायता गर्छ ।

डायबिटीज- जीरा पानीको नियमित रूपमा सेवन गर्दा डायबिटीजमा पनि अत्यधिक लाभकारी हुन्छ । यसले डायबिटीजबाट पिडित व्यक्तिहरूका लागि सुगर नियन्त्रणमा सहायता गर्छ ।

एनिमिया- जीरा पानीमा आइरन कन्टेन्ट अत्यधिक हुनुको कारण एनिमियाको समस्यामा लाभ मिल्छ । यस प्रकार तपाईको लागि जीरा पानी निकै फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया