ताजा खबर:- भिटामिन-सी ले भरिपूर्ण अमला, हरेक मौसममा लाभदायकमा हुन्छ । यो आँखा, कपाल र त्वचाको लागि फाइदाजनक हुन्छ, साथै यसको अन्य विभिन्न फाइदा छन्, जो शरीरलाई स्वस्थ बनाई राख्न मद्दत गर्छ । सामान्यतय: अमलाको प्रयोग अचार, मुरब्बा या चट्नीको रूपमा गरिन्छ तर यसको अलग-अलग रूपले सेवन तपाईको लागि निकै उपयोगी हुन्छ ।

१-डायबिटीजले पिडित रोगीहरूका लागि अमला निकै उपयोगी हुन्छ । यदि रोगीले अमलाको रसको प्रतिदिन महको साथ सेवन गरेमा रोगबाट सजिलै छुटकारा मिल्छ ।

२-एसिडिटीको समस्या हुँदा अमला निकै फाइदाजनक हुन्छ । अमलाको पाउडर चीनीको साथ मिलाएर खाँदा या पानीमा मिलाएर पिउँदा एसिडिटीबाट आराम मिल्छ । यसको साथै अमलाको जूस पिउँदा पेटको सम्पूर्ण समस्याहरूबाट छुटकारा मिल्छ ।

३-पत्थरीको समस्यामा पनि अमला प्रभावकारी उपाय सावित हुन्छ । पत्थरीको समस्या हुँदा ४० दिनसम्म अमलालाई सुकाएर त्यसको पाउडर तयार गर्नुहोस् र त्यस पाउडरलाई प्रतिदिन मूलाको रसमा मिलाएर खानुहोस् । यसको प्रयोगले केही दिनमै पत्थरी गल्छ ।

४-रगतमा हीमोग्लोबिनको कमी हुँदा प्रतिदिन अमलाको रसको सेवन निकै लाभप्रद हुन्छ । यो शरीरमा रातो रक्त कोशिकाको निर्माणमा सहायक हुन्छ र रगतको कमी हुन दिँदैन ।

५-आँखाको लागि अमला अमृत समान हुन्छ । यो आँखाको रोशनी बढाउनमा सहायक हुन्छ । यसको लागि दिनहुँ एक चम्मच अमलाको पाउडरलाई महको साथ सेवन गर्दा लाभ मिल्छ र मोतियाबिन्दुको समस्या पनि समाधान हुन्छ ।

६-ज्वरोको समस्याबाट छुटकारा पाउनको लागि अमलाको रसको सेवन गर्नुपर्दछ । यसको साथै दाँतमा दुखाई र केभिटी हुँदा अमलाको रसमा थोरै कपूर मिलाएर गिजामा लगाउँदा आराम मिल्छ ।

७-शरीरमा गर्मी बढ्दा अमला सबैभन्दा उपयोगी मानिन्छ । अमलाको रसको सेवन या अमलालाई कुनै पनि रूपमा खाँदा यसले शीतल प्रदान गर्छ ।

८-स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन्छ । यसको लागि बिहानको समय मुरब्बा गाईको दूधको साथ सेवन गर्दा लाभ प्राप्त हुन्छ । साथै प्रतिदिन अमलाको रस पनि सेवन गर्न सकिन्छ ।

९-अनुहारको दाग-धब्बा हटाएर त्वचालाई सुन्दर बनाई राख्नको लागि अमलाको प्रयोग अत्यन्त उपयोगी हुन्छ । यसको पेस्ट बनाएर अनुहारमा लगाउँदा त्वचा सफा, चम्किलो र चाउरीपनको समस्या कम हुन्छ ।

१०-कपाल कालो, बाक्लो र चम्किलो बनाई राख्नको लागि अमलाको प्रयोग गरिन्छ, यसको पाउडरले कपाल धुँदा या यसको सेवन गर्नाले कपालको समस्याहरूबाट सजिलै छुटकारा मिल्छ ।

तपाईको प्रतिक्रिया