ताजा खबर:- शरीरमा रातो रक्त कोशिकाको निर्माण देखि एन्टी-अक्सीडेन्ट्सको नियमन सम्म, आइरन शरीरको विभिन्न अंगलाई सन्तुलित ढंगले संचालन गर्नको लागि आवश्यक तत्व हो । यसको साथै यसले शरीरको अलग-अलग भागमा अक्सीजनको आपूर्ति गर्ने पनि काम गर्छ । यदि तपाईको शरीरमा आइरनको कमी हुन्छ भने यसबाट हिमोग्लोबिनको स्तर निकै कम हुन्छ र शरीरको विभिन्न भागमा अक्सीजनको कमी हुन्छ । हाम्रो संज्ञानात्मक क्षमता, मेटाबोलिज्म र रोग-प्रतिरोध क्षमतालाई दुरुस्त राख्नका लागि आइरनको महत्वपूर्ण भूमिका हुन्छ । यस्तो अवस्था वयस्कहरूलाई हरेक दिन लगभग ८-२७ Mg आइरन लिन आवश्यक हुन्छ । सी-फूड्स र मासु आइरनको राम्रो स्रोत हुन्छ तर यदि तपाई भेजिटेरियन हुनुहुन्छ भने तपाईले अन्य विकल्प पनि रोज्न सक्नुहुन्छ, जो सी-फूड्स र मासुभन्दा बढी प्रभावी हुन्छ ।

सोयाबीन्स- सोयाबीन आइरनको राम्रो स्रोत हुनेगर्छ । एक कप सोयाबीनमा ३.५ Mg आइरन पाईन्छ । यसको साथै यो प्रोटीन्सको पनि राम्रो स्रोत हुनेगर्छ । यसलाई तपाई नास्तामा या भोजनको साथ सलादको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

पालक- पालकलाई पोषणको पाउरहाउस भनिन्छ । भिटामिन्स र मिनरल्सले भरिपूर्ण पालकको एक कप मात्रामा लगभग ६Mg आइरन पाईन्छ ।

तिल- तिलको स्वास्थ्य सम्बन्धि अनेकौँ फाइदा छन् । यसमा आइरन भरिपूर्ण मात्रामा पाईन्छ । एक चम्मच तिलमा लगभग १.३ Mg आइरन पाईन्छ ।

मसुरोको दाल- मसुरोको दाल शाकाहारीको लागि आइरनको राम्रो विकल्प हुनेगर्छ । यसमा केवल आइरन मात्र नभई प्रोटीनको पनि राम्रो मात्रा पाईन्छ । एक कप मसुरोको दालमा लगभग ७Mg आइरन पाईन्छ ।

तपाईको प्रतिक्रिया