ताजा खबर:- स्वास्थ्यका लागि फल वरदान हो तर कहिले-कहीँ यही फल नोक्सानदायक पनि हुनसक्छ । अनार निकै गुणकारी फल हो । अनारको फलमात्र नभएर अनारको रुखका सबै चिजमा औषधीय गुण हुने बताइन्छ । फलको गुदी मात्र नभएर यसको बोक्रामा अझ धेरै औषधीय गुण हुने विज्ञहरु बताउँछन् । अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुन्छ । तर आज हामी अनारको सेवन स्वास्थ्यका लागि कुन अवस्थामा नोक्सानदायक हुनसक्छ भन्ने विषयमा जानकारी दिँदैछौँ, जसको यी ५ नोक्सान आवश्य ध्यान राख्नुहोस् ।

१-यदि तपाईको शरीर चिसो छ या एन्फ्लूएन्जा, खोकी अथवा कब्जियतले पिडित हुनुहुन्छ भने अनारको सेवन गर्नुहुँदैन, यसले स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ ।

२-अनार रक्तचापलाई नियन्त्रित गर्छ, विशेषगरि हाई ब्लड प्रेशरमा यो लाभप्रद हुन्छ । तर यदि तपाई निम्न रक्तचापको रोगी हुनुहुन्छ या चिकित्सकका अनुसार औषधि सेवन गर्दै हुनुहुन्छ भने यो कहिले-काहीँ नोक्सानदायक पनि हुनसक्छ ।

३-एलर्जीले पिडित रोगीहरूले अनारको सेवन चिकित्सकको सल्लाह अनुसार नै गर्नुपर्दछ अन्यथा तपाईलाई एलर्जीको समस्या बढ्न सक्छ ।

४- एड्स या मानसिक समस्या हुने स्थितिमा यदि तपाई उपचारको साथ-साथै अनारको सेवन गर्दै हुनुहुन्छ भने यो हानिकारक हुनसक्छ ।

तपाईको प्रतिक्रिया