ताजा खबर:- बिहान देखि राति सम्मको दिनचर्यामा महिलाहरूले हरेक जिम्मेवारी निभाउने गर्दछन् । यसकारण कतिपय अवस्थामा महिलाहरू आफ्नो स्वास्थ्यप्रति त्यति धेरै सजग हुँदैनन् । जति उनीहरूले शरीरबाट काम लिन्छन्, त्यति नै ध्यान राख्न सक्दैनन्, जसबाट उनीहरूलाई स्वास्थ्य सम्बन्धि समस्याहरूको सामना गर्नुपर्दछ । यी स्वास्थ्य समस्याहरूबाट बँच्नका लागि जरूरी हुन्छ कि महिलाहरू आफ्नो आहारमा केही आवश्यक पोषक तत्वहरूलाई अनिवार्य रूपमा समावेश गर्नुपर्दछ । आज हामी महिलाहरूको लागि निकै आवश्यक पोषक तत्वहरू बारेमा चर्चा गर्दैछौँ, जुन यस्ता छन् ।

आइरन- शरीरमा रातो रक्त कोशिकाको निर्माणको लागि आइरन निकै आवश्यक हुन्छ, जसबाट शरीरमा ऊर्जा बनाई राख्न र रगतको कमी हुन दिँदैन । यसको साथै मस्तिष्कलाई सुचारू रूपमा कार्य संचालन गर्नका लागि आइरनलाई आफ्नो आहारमा समावेश गर्न निकै आवश्यक हुन्छ ।

क्याल्शियम- हड्डीलाई मजबूत राख्न र ब्लडप्रेशरलाई नियन्त्रित गरी सामान्य बनाई राख्नको लागि शरीरमा क्यल्शियमको आवश्यकता हुन्छ । यसको साथै क्यल्शियम प्रीमेन्ट्रल सिन्ड्रोमको खतरालाई पनि कम गर्छ । यो दाँत र नंगलाई मजबूत राख्नको लागि पनि आवश्यक हुन्छ ।

फोलिक एसिड- फोलिक एसिड महिलाहरूमा ब्रेस्ट क्यान्सर र कोलोन क्यान्सरको सम्भावनालाई कम गर्छ । यसको साथै यो गर्भावस्थाको शुरुवाती महिनामै स्वास्थ्यको लागि आवश्यक हुन्छ । हरियो सागसब्जी, विशेषगरि पालक, दाल र कुरिलोको सेवनबाट फोलिक एसिडको पूर्ति गर्न सकिन्छ ।

भिटामिन बी6- यो भिटामिनले निन्द्रा र भोकलाई नियन्त्रित गर्न मद्दत गर्छ । साथै तपाईको नर्भस सिस्टमलाई सुचारू रूपले काम गर्नका लागि निकै सहायक सावित हुन्छ । यसले तपाईको मुडलाई पनि राम्रो बनाई राख्छ ।

भिटामिन बी12- यो भिटामिन तपाईलाई अत्यधिक थकानबाट बचाउन सहायक हुन्छ । यसको साथै यो रातो रक्त कोशिका, हीमोग्लोबिनको निर्माणमा पनि सहायक हुन्छ । दही र अण्डालाई आफ्नो आहारमा समावेश गरी यसको पूर्ति गर्न सकिन्छ ।

भिटामिन डी3- भिटामिन डी3 ले दाँत, हड्डी र मांसपेशीलाई मजबूत बनाउन मद्दतगार हुन्छ । साथै यसले ब्रेस्ट क्यान्सर र गर्भाशयको क्यान्सरबाट पनि रक्षा गर्छ ।

भिटामिन सी- भिटामिन सी त्वचा, कपाल, आँखा र पूर्ण स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसले रोगप्रतिरोधक क्षमतालाई बढाएर रोगहरूसँग लड्न मद्दत गर्छ ।

एन्टीअक्सीडेन्ट- एन्टीअक्सीडेन्ट तनावमुक्त बनाई राख्न मद्दत गर्छ । यसले चाउरीपनबाट तपाईको त्वचालाई रक्षा गर्नमा सहायता गर्छ र त्वचालाई जवान बनाई राख्छ ।

तपाईको प्रतिक्रिया