रबिन्द्र यादव/नवलपरासी :-नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ६ मोतीपुर साविक गुठी परसौनी वडा नम्बर २ मोतीपुरमा भिम डोमले मादक पदार्थ सेवन गरेर अाफ्नै घरमा अागो लगाएका छन । स्थानियले दिएको जानकारी अनुसार डोमले मादक पदार्थ सेवन गरेर अाफ्नी श्रीमती संग झै झगडा गरेका थिए । गत बर्ष पनि डोमले मादक पदार्थ सेवन गरेर अाफ्नो घरमा अागो लगाएका थिए । आगलागीबाट ८ वटा हास , नगद ३० हजार, दुई थान साईकिल ,एक वटा मोबाइल ,खाद्यान्न ,लत्ताकपडा लगायतका महत्वपूर्ण कागजात तथा सामानहरू जलेर नष्ट भएको छ । हाल जोडो मौसममा घरमा रहेका बालबालिका विचलितमा परेका छन । उक्त घर कच्ची रहेको प्रहरीले जनाएको छ । आगो लाई प्रहरी र स्थानीयहरू मिलेर नियन्त्रणमा लिएको गुठी परसौनी प्रहरी चौकीका असई घनश्याम रिमालले बताए ।

तपाईको प्रतिक्रिया