ताजा खबर:- सुन्तला खानु स्वास्थ्य र त्वचाको लागि निकै उपयोगी हुन्छ तर सुन्तलाको बोक्रा पनि सुन्दरता बढाउन ज्यादै मद्दतगार हुन्छ । कतै तपाईलाई पनि सुन्तलाको बोक्राको गुण बारेमा जानकारी छैन भने यहाँ उल्लेख गरिएको उपायमा विशेष ध्यान दिनुहोस् ।

१-सुन्तलाको बोक्रा प्रयोग गर्नका लागि यसलाई सुखाएर पाउडर तयार गर्न सक्नुहुन्छ या यसको पेस्ट बनाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । यस लेपलाई अनुहारमा लगाउँदा तपाईको त्वचाको दाग र डन्डीफोर नष्ट हुनसक्छ ।

२-सुन्तलाको बोक्राको पाउडरले उपयोगी र पोषणले भरिपूर्ण स्क्रबको कार्य गर्छ । तपाई यसमा गुलाबजल मिलाएर पेस्ट तयार गरी अनुहारमा केही समय लगाएर राख्नुहोस् र स्क्रब गर्दै सफा गर्नुहोस् । यदि तपाईको त्वचा रुखो छ भने काँचो दूधको प्रयोग गर्न सक्नुहुन्छ ।

३-चम्किलो त्वचाको लागि सुन्तलाको बोक्राको प्याक र स्क्रब राम्रो तरिका हुन्छ । यो त्वचालाई प्राकृतिक चमक प्रदान गर्छ र यसको कुनै पनि साइड इफेक्ट छैन ।

४-तपाई चाहनुहुन्छ भने सुन्तलाको बोक्रा र सुन्तलाको रस मिलाएर पेस्ट बनाउन सक्नुहुन्छ । यसले तपाईको त्वचा समान बनाउनुको साथै त्वचालाई मुलायम पनि बनाउँछ ।

५-घाममा यदि तपाईको त्वचा जलेको छ भने सुन्तलाको बोक्राको प्याक बनाएर लगाउँदा यसको असर निकै कम हुन्छ ।

तपाईको प्रतिक्रिया