ताजा खबर:- फोहोर, एलर्जी या अन्य कारणले उत्पन्न हुने चिलाउने समस्याले त्वचालाई निकै नोक्सान पुर्याउँछ । कयौँ पटक शरीरमा सानो-तिनो फोका हुनु र त्यसलाई कनाउदा रगत निस्कने जस्ता समस्या पनि देखिन्छ, जो त्वचाको लागि अझ खतरनाक हुन्छ । यसकारण आज यहाँ शरीर चिलाउने समस्याबाट छुटकारा दिलाउने केही घरेलू उपायको बारेमा चर्चा गरिएको छ, जुन यस्ता छन् ।

१-नीमको पातलाई उमालेर त्यस पानीले स्नान गर्नाले शरीर र त्वचामा रहेको कीटाणु नष्ट हुन्छ र चिलाउने समस्याबाट पनि छुटकारा मिल्छ ।

२-लसुनको केही पोटीलाई तोरीको तेलमा हालेर भुट्नुहोस् । जब लसुनको पोटी पूर्ण रूपमा जल्छ तब त्यस तेललाई छानेर पूरा शरीरमा मालिश गर्नुहोस् । यसो गर्दा चिलाउने समस्याबाट छुटकारा मिल्छ ।

३-तिल या तोरीको तेललाई गरम गरेर चिसो बनाउनुहोस् र अब यही तेलले मालिश गर्नाले विकार नष्ट हुन्छ, जसबाट चिलाउने समस्याबाट आराम मिल्छ ।

४-तोरीको तेलमा आकको पातको रस र बेसारको गुदी बनाएर मिलाउनुहोस् । अब यसलाई गरम गरेर चिसो हुन दिनुहोस् र चिलाउने समस्या भएमा प्रयोग गर्नुहोस् ।

५-कालो नून, तोरी र पिप्पलीलाई कांजीमा पिसेर चिलाउने ठाउँमा यसको लेप लगाउँदा चिलाउने समस्या ठिक हुन्छ ।

६- ३ ग्राम जीरा र १५ ग्राम सिन्दुरलाई पिसेर तोरीको तेलमा पकाउनुहोस् । अब यस तयार लेपलाई चिलाउने समस्या रहेको ठाउँमा लगाउनुहोस् । यस लेपको प्रयोगले चिलाउने समस्याबाट सजिलै छुटकारा मिल्छ ।

तपाईको प्रतिक्रिया