बनेपा, २० माघ (रासस) : बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा आज टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्का रहेको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ ।

प्रहरीका अनुसार भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३३२६ नम्बरको टिपरले खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सो घटनापछि केहिबेर तनाब भएको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउन्ड अश्रु ग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया