भोजपुर, २० माघ (रासस) : जिल्ला प्रहरी कार्यालयले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९, किमालुङबाट ६३ वर्षीय जगधन राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

राईको घरमा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा लोड गरी राखेको एक थान भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । राईलाई म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया