शान्तिदीप नेपालले इनरुवामा प्रहरी र नागरिकबिच अन्र्तकृया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझी लगायत मातहतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीका साथै सर्वसाधारणको उपस्थिती रहेको थियो ।सुनसारीका प्रहरी प्रमुख बिद्यनन्द माझी ले अन्तरक्रृया कार्यक्रमा नगरिक बाट आएका प्रश्न हरुको जबाफ दिएका थिए । कार्यक्रममा जिल्लाको सम्रग सुरक्षा अवस्था र नागरिकले खेल्नु पर्ने भूमिकाका बारेमा माझीले प्रस्ट्याएका थिए । एसपी माझीले शान्ति सुब्यवस्था कायम गर्ने सवालमा आम सर्वसाधारणको साथ र सहयोगको अपरिहार्यता औल्याए । कार्यक्रममा इनरुवा नगरपालिकाको उपप्रमुख जमुना पोख्रेलले शान्तिदीपमा आवद्ध युवा जमातले छोटो समयमा हात पार्दै गएको सफलता उदाहरणीय बन्दै गएको धारणा राखेकि थिइन् । कार्यक्रमका सहभागि सर्वसाधारणले शान्ति सुरक्षाको अवस्थामा सुधार आएको धारणा राखेका थिए । शान्तिदीप नेपाल द्वारा आयोजना गरिएको प्रहरी र नागरिक बिच को अन्तरकृया कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी बिद्यान्नद माझी सम्मानित हुनुभएको छ । बिगत लामो समय देखि नेपाल प्रहरीमा समर्पित रहनुभएको माझीले जिल्ला मा शान्ति सुरक्षा कायम राख्नुभएको ले सम्मान गरेको आयोजक शान्तिदीप ले जानकारी दिएको छ ।

यसैगरि कार्यक्रममा नेपाल पशुपन्क्षि अौषधि ब्यवसायि सँघ कोशि अञ्चल साखा का अध्यक्ष बिष्णु निरौला सम्मानित हुनुभएको छ । निरौला लाई इनरुवा नगर को असल नागरिक को तर्फ बाट सम्मान गरिएको थियो । निरौला लाई कार्यक्रम का प्रमुख अतिथी जिल्ला प्रहरी कार्यलाय का प्रमुख बिद्यानन्द माझी ले समानपत्र बितरण गर्नु भएको थियो । शान्तिदिप नेपालको सो कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया