केहि दिन अगाडि नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भयो । सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।

आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो । त्यसको केहि दिनमै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाएकी छिन् । भिडियो:

तपाईको प्रतिक्रिया