काठमाडौँ । मध्य क्षेत्रका १६ जिल्लामध्ये चितवन र धादिङमा बढी दुर्घटना हुने गरेको कार्यालयको तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा चितवनमा १ सय १५ सवारी दुर्घटनाबाट ६० जनाले ज्यान गुमाइसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

त्यसैगरी ६ महिनाभित्र धादिङमा भएका ७४ दुर्घटनाबाट ७५ जनाको ज्यान गएको छ । जसमध्ये ५० पुरुषको संख्या र १५ बालबालिका छन् । तथ्यांकले चितवन र धनुषामा बढी मोटरसाइकल दुर्घटना हुने गरेको देखाएको छ ।

तपाईको प्रतिक्रिया