धरान । धरानको पर्यटकीय गन्तव्य भेडेटारनजिक सूर्योदय बुद्ध बिहारले १ सय ७५ फिट उचाइको थाउजेन्ड बिग बुद्धको प्रतिमासहित बुद्ध अध्ययन केन्द्र निर्माण कार्य सुरु गरेको छ ।

भेडेटारनजिकै छोटीमोरङ थुम्की डाँडामा बनाउन लागिएको सो अध्ययन केन्द्रका लागि सूर्योदय बुद्ध बिहारका तर्फबाट अध्यक्ष प्रदीप थापा मगर र उपमहानरपालिकाका तर्फबाट प्रमुख तारा सुब्बाले १२ बुँदे सम्झौता गरेको अध्यक्ष थापाले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बिग बुद्ध प्रतिमा निर्माणका लागि उपमहानगरपालिका, सुनसरी जिल्ला वन कार्यालय र वन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले ६ महिनाअघि नै १५ बिघा ८ कट्ठा जग्गा सूर्योदय बुद्ध बिहारलाई धार्मिक वनअन्तर्गत उपलब्ध गराउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया