काठमाडौँ । नेपालको ‌औपचारिक निम्तोबिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुई दिने भ्रमणमा नेपाल पाचँवटै राष्ट्रिय पार्टीका नेतासँग भेटघाट गरिन्।

तेस्रो भेट उनले होटल सोल्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरिन् । त्यहाँ पनि उनले निर्वाचन सफल गराएकोमा तथा चुनावी परिणाम राम्रो ल्याएको भन्दै बधाई तथा सहकार्यको प्रस्ताव गरिन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यसपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई होटल सोल्टीमै भेटेर मधेस (दुई नम्बर प्रदेश) को ठुलो दल बनेको बधाई दिइन् । उनले त्यससँगै निर्वाचनबाट नयाँ जनादेश प्राप्त गरेपछिको अवस्थामा सं‌विधान स‌ंशोधनको मुद्दाबारे पनि यादवसँग प्रश्न गर्न भ्याइन् । उनले यादवसँग २ नम्बर प्रदेशको सरकार र मुख्यमन्त्रीबारे पनि चासो राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया