एजेन्सी– म्यासेडोनियामा एक अस्पतालका चिकित्सक र नर्स विवादमा तानिएका छन्। म्यासेडोनियाको गाइनेकोलोजी युनिटका चिकित्सक र नर्स विवादमा तानिएका हुन्।

अर्थोडक्स क्रिस्चियनको नयाँ वर्ष मनाउने क्रममा अस्पतालभित्रै रक्सी सहित पार्टी गरेको पाइएपछि ती चिकित्सक र नर्सलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। यस्तै उनीहरुले योनी आकारका केक बनाएर अभद्र व्यवहार प्रस्तुत गरेको अस्पताल प्रशासनले बताएको छ। अस्पतालले उनीहरुको मासिक आम्दानीको ३० प्रतिशत रकम कटौती गरी जरिवाना गराउने निर्णय गरेको छ।

एक कर्मचारीले पार्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अस्पतालभित्रको पार्टी काण्ड सार्वजनिक भएको थियो। अस्पतालका चिकित्सक र नर्सहरुले अस्पतालभित्रै मदिरा सेवन गरेको तस्बिरमा देखिन्छ।

ती कर्मचारीले फेसबुकमा पोस्ट गरेको तस्बिरसँगै स्टाटसमा भनेका छन्, ‘हाम्रो गाइनेकोलोजीे विभागको मस्कट बनेको सुन्दर र सक्कली मफिनका लागि सबैलाई धन्यवाद।’स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

‘अस्पतालभित्र अश्लील अर्थ लाग्ने केक अनि मदिरा सेवन गर्ने चिकित्सक र नर्सलाई दण्डित गरिएको छ।’ अस्पतालका आर्थिक प्रबन्धक एलिजाबेथ पापारोभाले भनेकी छन्।

तपाईको प्रतिक्रिया