विराटनगर, १९ माघ -प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज पदबहाली गर्नुभएको छ ।

आफ्नो पदबहाली गरेपछि आजै उहाँले प्रदेशसभा भवन तथा मुख्यमन्त्री, प्रमुख सचिव र विभिन्न मन्त्रालय रहने कार्यालयको अनुगमन र निरीक्षण गर्नुभयो ।

सो अवसरमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रुपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिनुभयो । विराटनगर अस्थायी मुकाम कायम भएपछि आजसम्म प्रमुख सचिव र चार प्रदेश सचिव विराटनगर आइपुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया