एजेन्सी-  बलिउड अभिनेत्री दीपिका पादुकोण मार्चमा नेपाल आउने भएकी छन् । भारतिय मिडियाका अनुसार उनी फिल्म छायांकनका लागी नेपाल आउन लागेको बताइएको छ ।दिपिकासंगै अभिनेता इरफान खान पनि नेपाल आउने छन् ।

यद्यपि फिल्म नेपालको कुन स्थानमा फिल्म छायांकन गरिने हो त्यो भने खुलाइएको छैन । विशाल भारद्धाजले निर्देशन गर्ने उक्त फिल्मलाई विशाल भारद्धाज पिक्चर्स, क्रियर्ज इन्टरटेन्मेन्ट र टी सिरिजले मिलेर बनाउन लागेका हुन् । नेपालमा छायांकन गरिने भनिएको उक्त फिल्मको नाम पनि फाइनल गरिएको छैन ।

तपाईको प्रतिक्रिया