अधिवक्ता सुजित केसी

भारतीय विदेश मन्त्री सुष्मा स्वराजकोअप्रत्याशित नेपाल भ्रमणलाई सबैले शंकाको दृष्टिकोणबाट हेरेका छ्न । विदेश मन्त्री नेपाल आउने र भारत सरकारले नेपाललाई दिदैआएको अनुदान सहयोगलाई बढाउने प्रस्तावलाई भने अप्रत्याशित मान्न सकिदैन । भारतीय अर्थमन्त्रीद्वारा संसद प्रस्तुत बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरेका छन । यो प्रस्तावित सहयोग विगतका वर्षको तुलनामा ७५ प्रतिशतले बढी छ । यता नेपालमा अबका नेपालका भावी प्रधानमन्त्रीसंगको औचारिक भेट वार्तामा समेत विदेश मन्त्री स्वराजले नाकाबन्दीलाई बिर्सन भन्दै माफी समेत मागेकी छिन् । नेपालमा हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको विजयीले नेपालमा चीन प्रभाव बढ्ने विश्लेषण गर्दैआएको भारत नेपाललाई फेरी एक पटक लालीपप देखाउने काम गरेको छ । एकतर्फ स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिमा खुल्ला हस्तक्षेप गर्ने अर्को तर्फ सहयोगको ढोङ देखाउने यो भारतको विगतको जस्तै जालझेल हो । नेपालमा संविधान जारी हुँदा चित्त नबुझेको भारतले नेपाललाई नाकाबन्दी लगाएको थियो । नाकाबन्दी विफल सगै नेपालको नितिमा भारतमा असफल हुँदै गएकोमा भारतीय मिडिया तथा परराष्ट्र विज्ञहरुले समेत मोदि सरकारको आलोचना गरेका थिए । नेपालप्रति भारतको निति परिवर्तन नभए चीन पक्षमा नेपाल जाने विश्लेषणसगै भारतीय सत्ता पक्षले यो निति अवलम्बन गरेको हो ।नेपाललाई अघिल्लो वर्ष भारत सरकारले कुल ३ अर्ब ७५ करोड भारु अनुदानस्वरूप दिएको थियो । भारतले आगामी वर्ष नेपालमा स्कुलको महिला छात्रावास बनाउनदेखि प्रहरीको एकेडेमी बनाउन लगायत विभिन्न क्षेत्रमा सहयोगको घोषणा गरेको छ । यसरी भारतले सहयोग गर्नुलाई शंकास्पद रूपमा पनि लिन सकिन्छ ।

भारतले नेपालको जमिन अतिक्रमण गर्नेदेखि नेपालको भुमिमा भारतीय सेना समेत राख्दैआएको छ । सन् १९६२ देखी नेपालको लिम्पियाधुरादेखी लिपुलेकसम्मको झन्डै ३७२ वर्ग कि.मिमा क्षेत्रमा भारतीय सेना बस्दैआएको छ । भारतले नेपालको झन्डै १ हजार वर्ग कि.मि क्षेत्रफल अतिक्रमण गरेको छ । नेपालसंग भारतको सन् १९५० मा शान्ति तथा मैत्री सन्धी भएको थियो । उक्त सन्धीका कारण हालसम्म पनि भारतले नेपाललाई दुख दिदैआएको छ । भारतले नेपाललाई कहिले स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा लिएकै छैन् । भगवान बुद्ध नेपालमा जन्मिएको विश्वलाई जानकारी भएता पनि अझै भारतहरुले बुद्धलाई भारतमा जन्मिएको भनिदैछन । केहि समय यता तिब्बती धर्म गुरुले समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद कुरा गरेका थिए जसले गर्दा उनको आलोचना समेत भएको थियोे । उनले भारतीय दबाब र प्रभाव उक्त अभिव्यक्ति दिएको बताईन्छ । यसरी भारतले नेपाललाई बिना कारण समेत दुख दिदैआएको विगत समेतलाई हेर्दा भारतीय सहयोगमा समेत षड्यन्त्रको गन्ध आएको छ ।

भारतले नेपाललाई ससम्मान अतिक्रमित भुमि फिर्ता गरि असल छिमेकीको भुमिका निर्वाह नगरेसम्म भारतको सदभाव सहयोग र सहानुभूतिलाई विश्वास गर्नु हुँदैन । भारतसंग नेपालले पनि कुटनितिक रूपमा नै सम्बन्ध र सम्पर्क स्थापित गर्नु पर्दछ । त्यस्तै नेपालको व्यापार र पारवहनमा भारतसंगको निर्भरतालाई अन्त्य गर्न चीनसंगको नाकालाई समेत खुलाई नेपालको आर्थिक विकासका सम्भावना बढाउनु पर्ने अवस्था रहेकोे छ । यदि नेपालले भारत र चीनलाई सन्तुलित रूपमा सम्बन्ध विस्तार गरे भारतले विगतमा झै नेपाललाई दुख दिन सक्ने छैन ।

तपाईको प्रतिक्रिया