इटहरी । दुईवटा टाउँको र मुख भएको बाच्छी जन्मिएपछि धरानको हात्तिसारमा उक्त अनौठो बाच्छीलाई हेर्नेहरुको भिड लागेको छ । यो घटना माघ १३ गतेको हो । माघ १३ गते इन्द्रबहादुर कटुवालको घरमा दुईवटा टाउँको र मुख भएको बाच्छी जन्मिएको हो ।

जसका दुईवटा मुख र ४ वटा आँखा समेत भएको किसान कटुवाल बताउँछन् । कटुवालका अनुसार १५–२० वर्षदेखि गाईपालन गर्दै आइरहेका उनले आफ्नै गोठमा यस्तो घटना भोगेको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया