विराटनगर । कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले जनमतका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकता नदेखाएको बताएका छन्। निर्वाचनले दिएको जनमतलाई आत्मसात् गरेर राजीनामा दिनुपर्ने उनको भनाइ छ।

विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘लोकतान्त्रिक विधि र पद्धतिलाई स्वीकार गर्ने हो भने तत्काल राजीनामा दिनुपर्छ।’ संवैधानिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता नभए पनि प्रतिपक्षको भूमिकामा बस्न कांग्रेसलाई जनताले मत दिएको उनले स्पष्ट पारे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले निर्वाचन परिणाम आएसँगै राजीनामा दिएर कामचलाउ सरकारको हैसियतमा रहनुपर्ने धारणा व्यक्त गरे। यद्यपि, कामचलाउ भइसकेको सरकारले गरेका पछिल्लो निर्णय उपयुक्त नभएको उनले बताए। भने,‘सरकार कामचलाउ हैसियतमा पुगिसकेको छ, धमाधम निर्णय गर्नु हुँदैन।’ दूरगामी प्रभाव पर्ने निर्णय सरकारले गर्न नहुने उल्लेख गर्दै उनले सबै दलको सहमतिमा महŒवपूर्ण निर्णय गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया