रामगोपालपुर । भारतीय सहयोगमा रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय माविमा निर्माणाधीन भवन अलपत्र परेको छ। २०६८ सालमा तत्कालीन भारतीय राजदूत राकेश सुदले शिल्यान्यास गरेको भवन निर्माण एक वर्षभित्र सम्पन्न हुने भनिएको थियो। तर, ६ वर्षमा पनि निर्माण कार्य अलपत्रै छ।

भारतीय महावाणिज्य दूतावासको आर्थिक सहयोगमा निर्माण सुरु भएको भवनमा झारपात उम्रेको छ। भवनका कोठाहरू शौचालयमा परिणत भएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

दुईतले २२ कोठे भवनको अनुमानित लागत तीन कारोड १७ लाख ६२ हजार रुपैयाँ थियो। कोसी एन्ड न्यौपाने हरि हरि जेभी रातोपुल काठमाडौंले २०६८ साल मंसिर २० गते तीन करोड २५ हजार ठेक्का सकारेको थियो।

तपाईको प्रतिक्रिया