काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगम सञ्चालक समितिको बिहिबार सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया