नेपालगन्ज – बाँकेको नेपालगञ्जमा जारी प्रादेशिक महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले विभिन्न साँस्कृतीक प्रस्तुती प्रस्तुत गरिरहेका छन । देशमै पहिलोपटक संचालन गरिएको प्रादेशिक महोत्सवमा ख्यातीप्राप्ती राष्ट्रिय कलाकारहरुसँगै स्थानिय कलाकारहरुको प्रस्तुतीले माहोल झनै रौनक हुने क्रम जारी छ । यसैबिच महोत्सवको आठौं दिन बिहिबार चर्चित गायक गायीकाहरुले बाँकेवासीलाई नचाएका छन । युवापुस्ताका लोकप्रीय लोकदोहोरी गायक रामजी खाँडले ‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, हल्काहल्का लाएको दामी देखिन्छ’ गित गाउँदा दर्शकहरुले नाचेर धुलो उडाएका थिए । खाँडले आप्mना आधादर्जन बढि गितहरु पस्कीएका थिए । महोत्सवमा लोक गायीका सम्झना भण्डारीले युवा समुहलाई नचाइन । सम्झनाले आधा दर्जन बढि गित प्रस्तुत गरीन । गायिका अमृता लिम्बुले समेत बेजोड प्रस्तुती दिएकाी थिइन । त्यसैगरी अर्का चर्चित गायक तथा संगितकार अल्मोडा राना उप्रेतीले पनि हजारौं युवायुवतीह्रुलाई नाच्न बाध्य पारेका थिए । पहिलो पटक महोत्सवमा आएका अल्मोडालाई हेर्नकै लागी जिल्लाका बिभिन्न क्षेत्रबाट हजारौं युवायुवतीह्रु महोत्सवमा आएको थिए । साथै स्थानिय कलाकारहरुको प्रस्तुती हेर्न चाखलाग्दो थियो । यसैबिच महोत्सवमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको डान्स प्रतियोगिता संचालन गरिएको साँस्कृतीक समितिका संयोजक श्याम सुन्दर अधिकारीले बताए । प्रतियोगिताकै अबसरमा १ लाख नगद राशीको सामुहीक तथा एकल नृत्य प्रतियोगिता आयोजना गरीएको हो । महोत्सवमा यति ठुलो पुरस्कार राशीको नृत्य प्रतियोगिता आयोजना गरीएको यो पहिलो पटक हो । प्रतियोगितामा जिल्लाका बिभिन्न कलेजहरुमा अध्ययनरत १२ जना प्रतियोगिले सहभागीता जनाएका छन । नेपालगन्जस्थित राही मार्ट सप्लायर्सको मुख्य प्रयोजनमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया