नेपालगन्ज । भारतको बहराईचस्थित रिसियामा भएको सवारी दुर्घटनामा दुईजना नेपालीको ज्यान गएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । दुर्घटनामा नेपालगन्जका चर्चित व्यापारी मुनब्बर अली हल्वाई र पूर्व प्रहरी नायव निरीक्षक रोशन साहको ज्यान गएको ईलाका प्रहरी कार्यालय जमूनाहका प्रहरी निरीक्षक सुधिर खड्काले जानकारी दिनुभयो । मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ सेन्टरका सञ्चालक समेत रहेका मृतक हल्वाईका छोरा ईमरान अली, त्यसैगरी नेपालगन्जकै संग्राम शाह र अंगुर खड्काको अवस्था चिन्ताजनक छ । उहाँहरुको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक हल्वाई मङ्सिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको थियो । नेपालगन्जबाट भारतको लखनउका लागि जादैं गरेको नेपाली सवार यूपी ४०१६ ८१४ नम्बरको महेन्द्र गाडी बहराइको रिसियामा युपी २१ एएन ७०६२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया