काठमाडौँ -चलचित्र ‘कोहोलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी–ओे–डब्लु काउ’ पुन एकपल्ट नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा आएको छ ।

सार्वजनिक गीतको भिडियोमा केकी अधिकारी र रीमा विश्वकर्माको साथमा विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् ।राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतमा राजनराजको शब्द र सङ्गीत रहेको छ ।

गीतलाई हाल सम्म युट्युबमा १४ लाख भन्दा बढीले हेरेका छन् ।विशाल भण्डारीले निर्देशन गरेको उक्त फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्म वैशाख १४ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

तपाईको प्रतिक्रिया