काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज अपराह्न साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने भएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री स्वराजले बिहीवार साँझ एमाले अध्यक्ष केपी ओलीसँग रात्रिभोजसहित भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भारतीय विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादर देउवालाई पनि भेटवार्ता गर्ने स्रोतको भनाई छ ।

त्यस्तै भारतीय विदेशमन्त्री स्वराजले राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्यलाई भारतले जोड दिएको छ ।

तपाईको प्रतिक्रिया