नुवाकोट, १८ माघ । आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धा युकुमारी शाहको मृत्यु भएको छ ।

गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय तारसमेत छिनालेर ढलेको रूखले लाग्दा घटनास्थलमा नै ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

अग्लो रूख भएकाले हाँगा काटेर त्यसपछि रूख ढाल्नुपर्नेमा लापरबाही तरिकाले एकैपटक रूख ढालेकाले दुर्घटना भएको भन्दै प्रहरीले संलग्नलाई पक्राउ गरी कारबाही शुरु गरेको जनाएको छ ।

रूख काट्ने जिम्मा लिएका ठेकेदार जीवन तिमिल्सिनासहित संलग्न पाँचजना अहिले प्रहरी नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया