नुवाकोट । नुवाकोटका भुकम्पपिडितहरुलाई सहुलियत मुल्यमा दिइएको भनिएको वालुवामाथि राजनिति शुरु भएको छ ।

जिल्लाका राजनितिक दलहरुको दलिय स्वार्थ र दलहरुबिच समान धारणा हुन नसक्दा भुकम्पपिठितहरु दोहोरो चेपुवामा परेका छन । जिल्लाका प्रमुख दलहरु नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधहरु आरोप प्रत्यारोपमा उत्रिदा भुकम्पपिडितहरु अन्यौलमा परेका हुन । नेपाल समाचारपत्रमा खबर छ ।

विदुर नगरपालिकाले केही समय अघिदेखि विदुरनगरपालिका वडा नं ४ को मुन्थलामा रहेको वालुवा खानी भुकम्पपिडिहरुलाई सहुलिय दिनभन्दै खुल्ला गरेपछि पार्टीहरुबीच तिव्र विवाद भएको छ । जसले गर्दा केन्द्र्रमा देखिएको दलहरुको कित्ताकाट जिल्लामा समेत देखिएको हो ।

तपाईको प्रतिक्रिया