काठमाडौं, माघ १८ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नियमित भेटघाट पार्टी कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा गर्ने भएका छन् ।

निजीनिवास बालकोट भक्तपुरमा भिडभाडका कारण असहजता देखिएको भन्दै बुधबारदेखि ओलीले नियमित भेटघाटका कार्यक्रम सिंहदरबार र पार्टी कार्यालय धुम्बाराहीबाट गर्न सुरु गरेका हुन् ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म करिब चार घन्टा समय अध्यक्ष ओलीले नियमित भेटघाटका लागि छुट्याएको उनका स्वकीयसचिव अनीश दाहालले जानकारी दिए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

दाहालका अनुसार ओलीले बालकोटस्थित निजीनिवासमा अत्यावश्यकीय र विशिष्ट प्रकृतिको भेटघाट मात्र गर्नेछन् ।

तपाईको प्रतिक्रिया