बा“के १६ माघ । फरक—फरक अचारको स्वाद लिन चाहाने अचार पारखीहरुका लागी नेपालगञ्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव अवसरकारुपमा रहेको छ ।

अचारका स्टलहरुमा अचार पारखीहरुको थामिनसक्नु भिड देख्न पाईन्छ । लुम्बिनी क्षेत्रका बिभिन्न स्थानमा उत्पादन गरिएका स्वदेशी अचारहरुका स्टलहरु राखिएको छ । पैंचो पसल लगायतका उत्पादनहरु राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यले बताए । ‘बिभिन्न थरीका अचारहरुप्रति अचार पारखीहरु लेभिएको पाईन्छ ।’—उनले भने । आ“प, गाजर, अमला, कागती, बोरी, लसुन, अदुवा आदिको अचारहरु बिक्री भइरहेका छन् । महोत्सवमा ‘बालबालिकाको खेलाउनादेखि गाडी बिक्रीसम्म’को केन्द्र बनेका छ । महोत्सव औपचारिकतामा मात्र होइन ठुलो व्यवसायिक कारोवार गर्ने माध्यम बनेको पाइएको छ । प्र्रादेशिक महोत्सव नेपालगन्जका मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यका अनुसार, महोत्सवमा स—साना सामाग्री देखि मोटरसाईकल, जिप, ट्याक्टर, बसहरुको कारोवार भइरहेको छ ।

कसैले महोत्सवबाट खरिद बिक्री गरिरहेका छन् भने खरिद बिक्रीका लागि सम्पर्क सुत्र समेत बनाएका छन् । महोत्सवमा दैनिक दर्शकहरुको आर्कषण देखिएको बैश्यले बताए । उनले सांस्कृतिक कार्यक्रमका साथै व्यवसायिक कारोवार समेत भइरहेको जानकारी दिए ।

माघ २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए । महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरीएको छ ।

तपाईको प्रतिक्रिया