नेपालगन्ज १७,-गीत गाउने र नृत्य गर्ने फरक शैलीका कारण चर्चामा रहेकी गायिका ज्योती मगरले बुधवार नेपालगन्जको माहोल तताएकी छन ।

बाँकेमा सन्चालन भईरहेको प्रादेशिक महोत्सवमा सहभागी हुन नेपालगन्ज आएकी ज्योतीले आप्mना गितहरु मार्फत यहाँको माहोल तताएकी हुन । उनको गीतमा महोत्सवमा आएका दर्शकहरु झुमेका थिए । ‘जिम्मवाल बा की छोरी’ लगाएत आर्धा दर्जन बढि चर्चित गाीतहरु गाएकी मगरलाई हेर्न ठुलो सँख्यामा दर्शकहरु महोत्सवमा ओर्लिएका थिए ।

पहिरन शैलीका कारण सधैं चर्चामा रहने ज्योतीलाई नजिकबाट हेर्ने रहर पुरा भएको महोत्सवमा सहभागी एक दर्शकले बताए । महोत्सवमा दैनिक हजारौंको संख्यामा दर्शकहरु आइरहेको प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । महोत्सवमा बिभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरन्जन त प्रदान गरेका छन् नै साथ साथै व्यवसायिक गतिबिधि समेत बढ्दै गएको लामिछानेले बताए ।

यसैबिच महोत्सवको आठौं दिन भोली बिहिवार सम्झना भण्डारी, अमृता लिम्बु, रामजी खांड, सन्जु अधिकारी लगाएतका कलाकारहरु महोत्सवमा सहभागी हुने भएका छन । माघ २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।

महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरीएको छ । यसैबिच महोत्सवमा १ लाख नदर पुरस्कारको राही मार्ट नृत्य प्रतियोगिताको समेत आयोजना भइरहेको छ । नेपालगन्जस्थित राही मार्ट सप्लायर्सको प्रायोजनमा उक्त नृत्य प्रतियोगिता संचालन गरीएको साँस्कृतीक उपसमितिका संयोजक श्याम सुन्दर अधिकारीले जानकारी दिए । प्रतियोगितामा सामुहिक तथा एकल गरी १२ वटा प्रतिस्प्रर्धीहरुले प्रतिस्प्रर्धा गरीरहेको र त्यसबाट उत्कृष्ट हुने एक जनाले १ लाख नगद पुरस्कार प्राप्त गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया