हैदराबाद। चोरीको आरोपमा साउथ इण्डियन हिरो पक्राउ परेका छन् । दक्षिण भारतीय फिल्मका स्टार अभिनेता सम्राट रेड्डीले आफ्नै श्रीमतीको घरमा गएर फर्निचर तोडफोड गरेको, गहना र सिसिटिभी क्यामेरा चोरी गरेको आरोप लगाउँदै श्रीमती हर्षिताले उजुरी दर्ता गराएकीपछि प्रहरीले तत्कालै एक्सन लिएर उनलाई पक्राउ गरेको हो ।

सन् २०१५ मा बिहे भएको यो जोडी केही महिनादेखि छुट्टीएर एक्लै बस्दै आएको थियो । २०१७ मा हर्षिताले सम्राटविरुद्ध दाइजोको विषयलाई लिएर यातना दिएको र शारीरिक शोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया