एजेन्सी । भारतमा दुई युवाले राजमार्गमा सुतिरहेको चितुवाका अगाडी शेल्फी खिच्दा आक्रमणमा परी घाइते भएका छन् । भारतको राजस्थान उदयपुर जिल्लामा गाडीको ठक्करले घाइते भएको चितुवालाई मरेको ठानेर सेल्फी लिmन खोजेका युवकलाई चितुवाले एक्कासी आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् ।

मोटरसाइकलमा आएका दुई युवकले त्यो चितुवासँग सेल्फी लिन खोज्दा अचानक चितुवा उठेर दुईमध्ये एकलाई झम्टियो । चितुवाको पकडमा परेका ती युवक निकै मुस्किलले ज्यान बचाएर भागे । अर्का युवक भाग्ने क्रममा लडेर घाइते भएको भारतीय मिडियाले जनाएको छ । उक्त चितुवालाई तत्कालै चिडियाखानाको उद्धार टोलीले उद्धार गरेर उपचार थालेको छ ।

तपाईको प्रतिक्रिया