काठमाडौँ -बहुचर्चित फिल्म ’शत्रु गते’को दोस्रो गीत ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतमा अर्जुन भट्टराईको शब्द रहेको छ । भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया