काठमाडौँ । चर्चित गायिका ज्योगी मगर र गायक तेजस रेग्मीको अवाजमा सजिएको रमाइलो गीत स्याल कुखुरी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सार्वजनिक भएको छोटो समयमा नै गीतले सांगीतिक बजारमा राम्रो चर्चा कमाइरहेको छ । तेजसकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ । भिडियोलाई दर्शकले अत्यधिक रुचाएसँगै ट्रेण्डिगंमा समेत परेको छ । भिडियोलाई कामना डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको हो ।

तपाईको प्रतिक्रिया